आजदेखि च्याम्पियन्स लिग फुटबल : ३६ टोलीको प्रतिस्पर्धा « Khabarhub

आजदेखि च्याम्पियन्स लिग फुटबल : ३६ टोलीको प्रतिस्पर्धा


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको च्याम्पियन्स लिग फुटबल मंगलबार सुरु हुँदैछ। यस सिजनमा केही परिवर्तन भएका छन्। यस सिजनमा ३६ टोलीको बिचमा प्रतिस्पर्धा हुँदैछ। यो विगतको भन्दा चार बढी हो।

रियल म्याड्रिडले साबिक विजेताको रूपमा सहभागिता जनाउने छ। इङ्गलिस टोलीमा म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र अस्टन भिल्लाको सहभागिता छ।

स्कटल्यान्डको सेल्टिकसहित कुल ५ बेलायती टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी स्पेनका रियल म्याड्रिडसहित, एथलेटिको म्याड्रिड, गिरोना र बार्सिलोनाको सहभागिता छ।

जर्मनी र इटालीका सबै भन्दा धेरै टोलीको सहभागिता छ। जर्मनीका वायर लिभरकुसेन, वायरन म्युनिख, बोरुसिया डर्टमन्ड, लिइपेज र स्टुगार्टको सहभागिता छ।

इटालीका एटलान्टा, बोलोग्ना, इन्टर मिलान, युभेन्ट्स र एसि मिलानको सहभागिता छ। फ्रान्सका ब्रेस्ट, लिले, मोनाको, र पेरिस सेन्ट जर्मनको सहभागिता रहेको च्याम्पियन्स लिगमा अस्ट्रियाका साल्ज बर्ग र स्टुवार्म ग्राज सहभागी छन्।

नेदरल्यान्ड्सका फियुनार्ड र पिएसभी आइन्डहोभन तथा पोर्चुगलका बेनफिका र स्पोर्टिङ सिपीको सहभागिात छ।

बेल्जियमको क्लब ब्राग, क्रोएसियाका जिएनके डाइनामो, चेक गणतन्त्रको स्पार्टा प्राग, स्कटल्यान्डको सेल्टिक, सर्बियाको स्रभेना जेबेडा, स्लोभाकियाको स्लोभान ब्राटिस्लाभा, स्विटजरल्यान्डको यङ ब्वाइज र युक्रेनको साख्तर डोन्सटकको सहभागिता छ।

यस सिजनमा रियल म्याड्रिडका केलिएन एम्बाप्पे र जुड वेलिङघममा धेरैको चासो रहेको छ।

बार्सिलोनाका १७ वर्षीय स्टार लामिन यमाल र डानी अल्मो प्रतिको धेरैको ध्यान खिचिएको छ। वायरन म्युनिखका हेरी केन, माइकल ओलिसे, लिइपेजका जाभी सिमोन्स र एन्टेनियो नुसाका साथै एट्लेटिकोका जुलियन अल्भारेज विज्ञको नजरमा हेर्न लायक खेलाडी बनेका छन्। एट्लेटिको म्याड्रिडकै कोचार गालघर यस च्याम्पियन्स लिगका अर्का हेर्न लायक खेलाडी हुन्।

पेरिस सेन्ट जर्मनका जाओ नाभास, डिजायर डाओस र स्पोर्टिङ सिपीका भिक्टर गोयकायस आकर्षक खेलाडी हुन्।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ७ : २४ बजे

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित

बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने

मकवानपुर– आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ