बागमती प्रदेशसभा बैठक आइतबार बस्ने | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक आइतबार बस्ने


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई  पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

गत भदौ १३ गते बसेको प्रदेशसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ‘प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्दै प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकले ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पारित गरी प्रदेशसभामा पठाउने निर्णय गरेको थियो । यी तीनवटै विधेयक पारित गर्ने प्रदेशसभा सचिवालयको तयारी छ ।

यही असोज ६ गते बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्न असोज ५ गते दिउँसो ३ बजे प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ ।

बागमती प्रदेशसभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो । सो बैठकबाट दुईवटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ७ : ५० बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार