मतपत्रको माध्यमबाट अवस्था परिवर्तन गर्छौँ : लामिछाने « Khabarhub

मतपत्रको माध्यमबाट अवस्था परिवर्तन गर्छौँ : लामिछाने


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि हस्तक्षेप गर्न आफूहरू राजनीतिमा आएको बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु राष्ट्रिय भेलाको उद्‌घाटन गर्दै उनले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको दाबी गरे ।

सभापति लामिछानेले आफूहरू राम्रो नराम्रो समस्याको चाङमा रहेको भन्दै आफूहरूको आगमन नै अरुको लागि समस्या बनेको बताए । उनले आफूहरूप्रतिको आक्रमण ठूलो नै हुने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

लामिछानेले आफूहरूको यात्रा सजिलो नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा सकिएको होइन रास्वपाले सक्ने जिकिर गरे । यो लडाइँमा आफूहरूलाई हार्ने छुट नभएको बताउँदै उनले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताए ।

सहकारी ठगी प्रकरणमा बोल्दै लामिछानेले संसदीय समितिले आफूलाई सहकारी ठगि नगरेको भन्दै गोर्खा मिडिया संचालनमा जवाफदेही भएको ठहर गरेको स्पष्ट पारे ।

लामिछानेले अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरूलाई अवमूल्यन नगर्ने स्पष्ट गरे ।

बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

रास्वपाका अनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधि सहभागी छन् । सभापति लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन र कार्यवाहक महामन्त्रीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने छन् ।

भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १० : ५० बजे

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण