मतपत्रको माध्यमबाट अवस्था परिवर्तन गर्छौँ : लामिछाने « Khabarhub

मतपत्रको माध्यमबाट अवस्था परिवर्तन गर्छौँ : लामिछाने


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि हस्तक्षेप गर्न आफूहरू राजनीतिमा आएको बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु राष्ट्रिय भेलाको उद्‌घाटन गर्दै उनले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको दाबी गरे ।

सभापति लामिछानेले आफूहरू राम्रो नराम्रो समस्याको चाङमा रहेको भन्दै आफूहरूको आगमन नै अरुको लागि समस्या बनेको बताए । उनले आफूहरूप्रतिको आक्रमण ठूलो नै हुने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

लामिछानेले आफूहरूको यात्रा सजिलो नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा सकिएको होइन रास्वपाले सक्ने जिकिर गरे । यो लडाइँमा आफूहरूलाई हार्ने छुट नभएको बताउँदै उनले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताए ।

सहकारी ठगी प्रकरणमा बोल्दै लामिछानेले संसदीय समितिले आफूलाई सहकारी ठगि नगरेको भन्दै गोर्खा मिडिया संचालनमा जवाफदेही भएको ठहर गरेको स्पष्ट पारे ।

लामिछानेले अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरूलाई अवमूल्यन नगर्ने स्पष्ट गरे ।

बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

रास्वपाका अनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधि सहभागी छन् । सभापति लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन र कार्यवाहक महामन्त्रीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने छन् ।

भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १० : ५० बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र