फोटो फिचर

रास्वपाको राष्ट्रिय भेला काठमाडौंमा सुरु (तस्बिरहरू)

By खबरहब

September 17, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सभापति रवि लामिछानेले भेलाको उद्घाटन गरे ।

बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

भेलामा देशभरबाट १५ सय प्रतिनिधि सहभागी छन् ।

तस्बिर : नेपाल फोटो लाईब्रेरी