मेटाले लगायो रूसी सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध « Khabarhub

मेटाले लगायो रूसी सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टेक जायन्ट कम्पनी मेटाले सोमबार विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई  विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ । 

संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको कर्मचारी र यसका प्रधानसम्पादकलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा प्रतिबन्ध लगाएको केही समयपछि मेटाले यो घोषणा गरेको हो । यूएस स्टेट डिपार्टमेन्टले आरटी लाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशहरूमा ‘सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिद’ मा संलग्न भएको आरोप लगाएको छ।

“सावधानीपूर्वक विचार गरेपछि, हामीले रूसको राष्ट्रिय सञ्चारमाध्यम विरुद्ध हाम्रो चलिरहेको प्रवर्तन विस्तार गरेका हौँ ”,मेटाले बताएको छ । 

‘रोसिया सेगोडन्या, आरटी र अन्य सम्बन्धित संस्थाहरूलाई अब विदेशी हस्तक्षेप गतिविधिको लागि विश्वव्यापी रूपमा हाम्रा सञ्जालहरुबाट प्रतिबन्ध लगाइएको छ’, मेटाले भन्यो  ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि आरटीलाई गैरकानुनी रुपमा सञ्चालित रहेको आरोपमा बेलायत, क्यानाडा, युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकामा औपचारिक रुपमा प्रतिबन्ध लगाइएको थियो ।  

आरटीमाथि अमेरिका विरुद्ध भ्रामक सूचना फैलाउने गोप्य परियोजनाको रुपमा अनलाइन सामग्री निर्माण कम्पनी ‘टेनेसी’लाई वित्तपोषण गरेको अभियोग लगाइएको हो । 

सन् २०२३ को अन्त्यमा सुरु भएदेखि रुसले समर्थन गरेको अमेरिकी अनलाइन सामग्री निर्माण कम्पनीले अमेरिका विरुद्ध लगभग २ हजार भिडियो पोस्ट गरेको छ । भिडियोहरू युट्युबमा मात्रै १ करोड ६० लाखभन्दा बढी पटक हेरिएको अभियोगमा उल्लेख गरिएको छ ।

मेटाले यसअघि रूसी इन्टरनेट अनुसन्धान विभागको विदेशी हस्तक्षेप गतिविधिलाई विफल पार्न रसियाको संघीय समाचार समितिलाई प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १२ : २८ बजे

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं–  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति

कांग्रेसका ‘सात भाइ’ मा फुट, गोपालमान विशेष महाधिवेशनको पक्षमा

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदै जाँदा

कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीब्र बनाइएको छ। महामन्त्रीद्वय