सहकारी प्रकरणमा रविको संलग्नता भेटिएकै छैन् : शिशिर खनाल « Khabarhub

सहकारी प्रकरणमा रविको संलग्नता भेटिएकै छैन् : शिशिर खनाल


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद शिशिर खनालले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।

मंगलबार रास्वपाको राष्ट्रिय भेलामा बोल्दै सहकारी छानबिन समितिका सदस्य समेत रहेका खनालले समितिमार्फत राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि रविको संलग्नता नभेटिएको बताएका हुन् ।

कागज र प्रमाण नपुगेको निष्कर्ष समितिले निकाल्दा समेत अहिले यसको अपव्याख्या गर्न थालिएको उनले बताए ।

खनालले सहकारी प्रकरणमा सरोकारवाला सबै संस्थामा सबै संयन्त्र परिचालन गर्दा पनि लामिछानेबाट एक रुपैयाँ पनि अपचलन भएको नदेखिएको धारणा राखे ।

उनले गोर्खा मिडियामा पैसा ल्याउन समेत रवि लामिछानेको संलग्नता नरहेको समितिको निष्कर्ष रहेको र गोरखा मिडियाले खर्च गर्दा लामिछानेसहितबाट केही कैफियत गरेका भए अब सरकारले सहकारी कानून नभइ कम्पनी कानूनअनुसार गोर्खा मिडियाले गरेको खर्चबारे अनुसन्धान गर्न सक्ने तर्क गरे ।

समितिले कार्यादेश पाएका सहकारीबाट मात्रै ८७ अर्ब रुपैयाँ अपचलन भएको देखिएको र रास्वपाको काम अपचलन गर्नेको खोजी र उनीहरूलाई कारबाहीको दबाब दिनु रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया