नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित : राष्ट्रसङ्घ « Khabarhub

नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित : राष्ट्रसङ्घ


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राष्ट्रसङ्घ – उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य , पिउने पानी, सरसफाईजस्ता प्राथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए) ले राष्ट्र सङ्घका एजेन्सी, गैरसरकारी संस्था (एनजिओ) र नाइजेरिया रेड क्रस सोसाइटीका प्रमुखको संयुक्त मिसनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितहरूको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ । 

लामो द्वन्द्व सँगै  बाढीका कारण पटक-पटक विस्थापित भएका उनीहरूलाई यथाशीघ्र सहयोग चाहिएको ओसिएचएले जनाएको छ । विपद्को समयमा लैङ्गिक हिंसाको जोखिम कम गरी महिला तथा बालबालीकाको सुरक्षाको लागि सक्षम सुरक्षा गतिविधिहरू अवलम्बन गर्न तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ ।

ओसिएइचएका अनुसार सेप्टेम्बर–९ मा अलाउ बाँध क्षतिग्रस्त हुँदा तीन  लाख मानिसहरू विस्थापित भएका थिए । मैदुगुरीमा बाढीले अन्य महत्वपूर्ण पूर्वाधारसहित दुईवटा महत्त्वपूर्ण पुलहरू आंशिक रूपमा ध्वस्त भएका छन् । 

‘सरकारी प्रयासको समर्थनमा, राष्ट्रसङ्घ र यसका साझेदारहरूले प्रभावित क्षेत्रमा खाना उपलब्ध गराइ रहेको कार्यालयले जनाएको छ । यसका साथै पानी,सरसफाइ र रोगको प्रकोप रोक्न पानी शुद्धिकरण ‘ट्याब्लेटहरू’ प्रदान गरिरहेको कार्यलयले उल्लेख गरेको छ ।  

ओसिएइचएले नाइजेरियाका लागि संयुक्त राष्ट्रसङघीय मानवीय समन्वयकर्ता मोहम्मद मलिक फलले नाइजेरियाको मानवीय कोषबाट छ मिलियन अमेरिकी डलरको कोष घोषणा गरेको जनाएको छ ।  

कार्यलयका अनुसार पीडितहरूको जीवन बचाउन थप स्रोत र कोषको आवश्यकता छ । बाढीका कारण नाइजेरियामा तीन करोड बीस लाख मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको पुष्टि गर्दै ओसिएचएले बाढीले एक लाख २५ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको बताएको छ ।

कार्यलयका अनुसार बाढीका कारण ‘बोर्नो, आदामावा र योबे राज्यमा मात्र ४.८ मिलियन मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्न बाध्य छन भने दुईलाख ३० हजार बालबालिका कुपोषणको खतरामा परेका छन् ।  

खाद्य मुद्रास्फीतिका कारण खाद्य पदार्थको मूल्य तीन गुणा वृद्धि भएको छ भने बाली नालीको क्षतिले थप चिन्ता थपिएको छ ।  

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १ : ४८ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू