राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन « Khabarhub

राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् । उनलाई काठमाडौँ महानगरपालिकाका उपमेयर सुनीता डंगोलले स्वागत गरेकी थिइन् ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए। यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । 

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी थिए । 

वर्षा र सहकालका देवताका रुपमा पुजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ४ : ५९ बजे

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।