भारत र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास « Khabarhub

भारत र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेको छ । राजस्थानको महाजन फिल्ड फायरिङ रेन्जमा दुई मुलुकका सेनाबीच अभ्यास भइरहेको छ । ‘युद्ध अभ्यास’ नाम दिइएको सैन्य अभ्यासमा अमेरिकी सेनाका तर्फबाट ११ औँ एअरबोन डिभिजनका सैनिक सहभागी छन् ।

त्यसैगरी, भारतीय सेनाको तर्फबाट राजपुत रेजिमेन्टका ६ सय सैनिक अभ्यासमा सहभागी रहेको इण्डियाब्लुम्सले जनाएको छ । अभ्यासका क्रममा दुबै मुलुकका सैनिकले सैन्य क्षमता तथा उपकरण प्रयोगको प्रशिक्षण लिने जनाइएको छ ।

दुई मुलुकबीच सन् २००४ देखि युद्ध अभ्यास सञ्चालन हुँदै आएको छ । संयुक्त राष्ट्रसंघ बडापत्रको सातौँ परिच्छेद अनुसार दुबै मुलुकले सैन्य अभ्यास सञ्चालन गरेका हुन् । 

यो अभ्यासका क्रममा दुबै मुलुकका सैनिकले अर्धमरुभूमि क्षेत्रमा हुने कारवाहीबारे प्रशिक्षण प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : १७ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका