सांकेतिक तस्बिर

देश/प्रदेश

गोरखामा डेंगुबाट एक जनाको मृत्यु 

By खबरहब

September 17, 2024

गोरखा– गोरखाामा डेंगुबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गोरखा नगरपालिका ११ बरथोकका ४७ वर्षीया राम प्रसाद अर्याल भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए । गत भदौ २७ गते जिल्ला अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ भएपछि उनी केही दिनको गोरखा अस्पतालमा भर्ना भएका थिए । 

तर, केही सुधार नआएपछि थप उपचारको लागि भरपुरको मेडिकल कलेजमा उपचारको क्रममा उनको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । 

झण्डै दुई महिनाको अवधिमा गोरखामा ३७७ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले बताए  ।