बनिसकेका प्रदेश संरचना हटाउन सकिँदैन : सभापति देउवा « Khabarhub

बनिसकेका प्रदेश संरचना हटाउन सकिँदैन : सभापति देउवा


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने प्रष्ट पारेका छन् । कांग्रेसको कानून विभागले मंगलबार सानेपामा आयोजना गरेको ‘संविधानको एक दशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा उनले प्रदेश संरचना हटाउन नसकिने प्रष्ट पारेका हुन् । 

‘प्रदेश सरकारका सम्बन्धमा कुराहरू उठे । प्रदेश संरचना बनिसकेको छ । हट्ने कुरा छैन । हटाउन सकिने स्थिति पनि छैन,’ सभापति देउवाले भने, ‘यसलाई कसरी अझै बढी अकाउन्टेबल (जबाफदेही) बनाउनेदेखि लिएर सारा कुराहरूका सम्बन्धमा सोच्ने र विचार गर्नुपर्ने, त्यसअनुरूप सुधार गर्नुपर्ने कुराहरू हुन सक्दछन् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले प्रजातन्त्रलाई अझै मजबुत बनाउने गरी संविधान संशोधन हुन सक्ने पनि बताए । 

‘ओलीजी प्रधानमन्त्री हुँदाखेरि संविधानमा संशोधन गर्ने कुरा भन्नु भएको छ । त्योचाहिँ प्रजातन्त्रको खिलापमा होइन,’ उनले भने, ‘प्रजातन्त्रलाई अझै मजबुत बनाउने किसिमले संविधानमा सुधार हुने गरी संविधान संशोधन हुन सक्दछ ।’ 

नेपाल विभिन्न जातजाति मिलेर बनेको देश भएको भन्दै देउवाले इतिहासले गरेका गल्तीहरू समाप्त गर्न नसकिएको स्वीकार गरे ।

‘नेपाल विभिन्न जातजातिले बनेको देश हो । यसमा अझै पनि विभाजन छ,’ उनले भने, ‘अझै पनि इतिहासले गरेका गल्तीहरू समाप्त गर्न सकिएको छैन । छुवाछुतलगायतका कतिपय कुराहरु कानूनी रुपमा समाधान भए पनि प्र्याक्टिसमा सजिलोसँग लागू भएको छैन । लागू हुन पनि धेरै समय लाग्ने स्पष्ट छ ।’

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : २७ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका