अमेरिका प्रवेश गर्न चाहने चिनियाँ अवैध आप्रवासीको सङ्ख्या बढ्दो | Khabarhub Khabarhub

अमेरिका प्रवेश गर्न चाहने चिनियाँ अवैध आप्रवासीको सङ्ख्या बढ्दो


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका प्रवेश गर्न चाहने चिनियाँ अवैध आप्रवासीको सङ्ख्या बढ्दै गएको पाइएको छ । पछिल्लो १८ महिनामा मात्रै अमेरिकी सीमाबाट ५५ हजारभन्दा धेरै अवैध चिनियाँ आप्रवासी पक्राउ परिसकेका छन् । गत डिसेम्बर महिनामा मात्रै ६ हजारभन्दा धेरै अवैध चिनियाँ आप्रवासीलाई अमेरिकी सीमा प्रहरीले पक्राउ गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले मुलुकमा कठोर शासन चलाइरहेकाले त्यहाँबाट मानिसहरू पलायन भएको हुनसक्ने आँकलन गरिएको छ । 

विश्वको दोस्रो धेरै जनसङ्ख्या रहेको चीनबाट ठूलो सङ्ख्यामा मानिसहरू अमेरिका प्रवेश गर्दा त्यसले अमेरिकी समाज र अर्थतन्त्रमा निम्त्याउने जोखिमप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । युरोपियन टाइम्सका अनुसार चीनमा हाल बेरोजगारी दरमा पनि वृद्धि भइरहेको छ । 

यस्तो अवस्थामा चीनबाट मानिसहरू अवैध रुपमा अन्य मुलुक जाने क्रम बढ्नसक्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : ३३ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा