रविलक्षित विश्वप्रकाश शर्माको टिप्पणी- प्रतिवेदनले ‘क्लियर चिट’ किटान गरेको छ | Khabarhub Khabarhub

रविलक्षित विश्वप्रकाश शर्माको टिप्पणी- प्रतिवेदनले ‘क्लियर चिट’ किटान गरेको छ


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस देखाउन सुझाएका छन् । 

रास्वपाको पहिलो राष्ट्रिय सम्मेलन सफलताको शुभकामना दिँदै उनले सभापति लामिछानेलाई ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस देखाउन सुझाएका हुन् । 

‘नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित दुई सुझाव– पहिलो, कतिपय असन्तुष्टिको माहौलमा ‘स्वतन्त्र’ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग ‘क्यास’ गर्न ‘स्वतन्त्र’ नाम रोज्नुभो, एउटा आकार बनाउनुभो,’ शर्माले एक्स (ट्विटर) लेखेका छन्, ‘अब ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस राख्नोस् । शुभकामना ।’

महामन्त्री शर्माले सभापति लामिछानेलाई संसदीय छानबिन समितिले प्रतिनिधिसभा बैठकमा पेस गरेको सहकारीको रकम हिनामिनाको प्रतिवेदनमा गरिएको सिफारिसबारे भ्रम  नछर्न पनि भनेका छन् । 

‘दोस्रो, क्लिन चिट कि ‘क्लियर चिट’ ? स्पष्ट हुनोस् । ‘प्रचलित कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ,’ शर्माले लेखेका छन्, ‘ बरु ‘क्लियर चिट’ किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ– बेइमानी, अङ्ग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ।’

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : १२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले