चीनमा पृथकतावादको अभियोगमा ताइवानी नागरिकलाई जेल सजाय « Khabarhub

चीनमा पृथकतावादको अभियोगमा ताइवानी नागरिकलाई जेल सजाय


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा एक जना ताइवानी राजनीतिक अभियन्तालाई पृथकतावादी गतिविधि गरेको भन्दै ९ वर्षको जेल सजाय सुनाइएको छ । चीनको वेनझोउमा रहेको अदालतले ताइवानी अभियन्ता याङ चि युवानलाई यस्तो सजाय दिएको ताइवानको मुख्यभूमि मामिला परिषदले जनाएको छ ।

यस्तो सजाय सुनाइएसँगै ताइवानले आफ्ना नागरिकलाई चीनको भ्रमण गर्दा जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । परिषदकी उपमन्त्री लियाङ वेन चीले ताइवानका जनतालाई डर देखाउनका लागि चीनको कम्युनिष्ट पार्टीले यस्तो सजाय सुनाएको उल्लेख गरेका छन् ।

परिषदका अनुसार पृथकतावादको आरोपमा ताइवानी नागरिकलाई जेल सजाय सुनाइएको यो पहिलो घटना हो । हालैका वर्षहरूमा चीनले सिन्जियाङ प्रान्तका उइग्युर मुसलमान समुदायका व्यक्तिविरुद्ध यस्तो अभियोग चलाउँदै आएको थियो ।

केही महिनाअघि लाई चिङ तेले ताइवानको राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता चीन र ताइवानबीच तिक्तता बढेर गएको ठानिन्छ । चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । आवश्यक परे बल प्रयोग गरेर भएपनि ताइवानलाई गाभ्ने चीनको योजना छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : ५९ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल