साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने | Khabarhub Khabarhub

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न साढे ५ बजे सुरु हुने उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली सात राष्ट्र सहभागी हुनेछन् । जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश तथा समूह बीमा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सबै टोली काठमाडौँ आइसकेका छन् ।

नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुनेछ।

नेपालले यसअघि सन् २०१९ मा विराटनगर र गतवर्ष काठमाडौंमा प्रतियोगिता आयोजना गरेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ६ : १७ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको