बीपी कोइराला मेमोरियल कप शनिबारदेखि भैरहवामा हुने | Khabarhub Khabarhub

बीपी कोइराला मेमोरियल कप शनिबारदेखि भैरहवामा हुने


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– बीपी कोइराला मेमोरियल कप टी–२० क्रिकेट प्रतियोगिता २०२४ भैरहवामा आयोजना हुने भएको छ ।

दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही कात्तिक ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना हुने जनाइएको छ ।

एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इम्रान नाजिर, बङ्गलादेशको टिमबाट बङ्गलादेशी स्टारहरू आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपिएल खेलाडी दीपक पुनियासहित सबै टिममा प्रथम श्रेणीका खेलाडीको सहभागिता रहने बताए ।

प्रतियोगितामा बाङ्गलादेशबाट गुलाज वरियर्स बाङ्गलादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रूपन्देही ११, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलङ्का स्टेट सर्विसेज क्रिकेट एशोसिएसनको टिम सहभागी रहनेछ ।

विजयी टिमलाई पाँच लाख र उपविजेतालाई तीन लाख पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रूपन्देही मात्र नभई नेपालकै क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निभाउने आयोजकको अपेक्षा रहेको छ ।

प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घले आधिकारिकता प्रदान गरेको छ भने प्राविधिक सहयोग रूपन्देही क्रिकेट सङ्घले गरेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा हुने प्रतियोगितामा प्रत्येक टिमले एकअर्कासँग खेल्ने र अन्तिम चारमा पुगेका बीच सेमिफाइनल हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड २० लाख रुपैयाँ खर्च हुने आँकलन गरिएको छ । 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ६ : ४० बजे

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा