बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार « Khabarhub

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ ।  बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज भएको छ ।

तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली  लगाएर आयआर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

यी उत्पादन बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकले रुचाएकाले तिनको प्रवर्द्धनमा लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । स्थानीय किसानको आयआर्जन वृद्धि गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।

अनुदान कार्यक्रमअन्तर्गत यसवर्ष पनि किसानको ५० प्रतिशत लागत सहभागितामा बीउमा अनुदान, मेसिनरी सहयोग, प्राविधिक ज्ञान तथा बिक्रीको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । तोरीको लागि तीन लाख, मुसुरोलाई दुई लाख ५० हजार, कोदोलाई ६ लाख र जोत्ने, पिस्ने, पेल्ने मेसिनरी औजारको लागि दश लाख अनुदान प्रदान गर्न पालिकाले रकम विनियोजन गरेको छ ।

तोरीखेती गरेको स्थानमा मौरीपालन गरी दोहोरो आम्दानी गर्न सकिने भएकाले मौरी पालनको लागि ६ लाख विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाले भने, ‘मिलको अभाव भएकोले कोदो र तोरी किसानले लगाउन छाडेकाले मेसिनरीमा अनुदानको व्यवस्था गरेका छौँ, यसले जमिन बाँझो हुने क्रम रोक्न र रैथाने बाली संरक्षण हुने देखेर कार्यक्रम सञ्चालन गरेका हौँं ।’

सहकारी, किसान समूहलाई कार्यक्रममा सहभागी हुन सूचित गरिएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमबाट तोरी, मुसुरो र कोदोमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको अध्यक्ष थापाले बताए । यहाँका जैविक उत्पादन बेच्न बन्दीपुरमा कोसेली घर नै सञ्चालन भएको छ । v

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ९ : ०९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले