मैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिंहद्वारा निरीक्षण « Khabarhub

मैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिंहद्वारा निरीक्षण


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मैथिली विकास कोषको निर्माणाधीन भवनको आज निरीक्षण गरेका छन् । 

निरीक्षणका क्रममा निर्माणाधीन भवनस्थल जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवाटोल पुगेका मुख्यमन्त्री सिँहसँगै कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेस प्रदेशसभा सदस्य रामसरोज यादव, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरीलगायत सहभागी थिए।

प्रदेश सरकारको सात करोड लगानीमा पाँच कट्ठा क्षेत्रफलमा निर्माणाधीन भवनमा सांस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायत रहने जनाइएको छ । 

कोषले दुई वर्षको अन्तरमा जनकपुर साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दै आएको छ । कोषले गत तीन वर्षयता मासिक कथा एवं कवि गोष्ठी आयोजना गरिरहेको छ।

मैथिली भाषा एवं साहित्यसँग सम्बन्धित १० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको कोषले ५१-५१ हजार राशिको पुरस्कारसमेत स्थापना गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १२ : ३५ बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा