वैदेशिक लगानी : पर्यटन क्षेत्रमा आकर्षण « Khabarhub

वैदेशिक लगानी : पर्यटन क्षेत्रमा आकर्षण


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालमा वैदेशिक लगानीको आकर्षण पर्यटन क्षेत्रमा केन्द्रित भएको देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकअनुसार सो अवधिमा भएको कुल वैदेशिक लगानीको ७१ प्रतिशत पर्यटन क्षेत्रमा भएको देखिएको हो ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ३ महिनामा १३१ वटा विभिन्न कम्पनीले नेपालमा लगानीको स्वीकृति लिएका छन् । जसमध्ये ९३ वटा कम्पनीहरूले पर्यटन क्षेत्र, १८ वटा कम्पनीले सेवा क्षेत्र, १२ वटा कम्पनीले उत्पादन क्षेत्र, ५ वटा कम्पनीले सूचना प्रविधि क्षेत्र १ वटा कम्पनीले खनिज क्षेत्र र २ वटा कम्पनीले कृषि क्षेत्रमा लगानी गर्ने स्वीकृति लिएका छन् ।

समीक्षा अवधिमा आएको लगानी प्रतिबद्धता मध्ये १ अर्ब १ करोड ३५ लाख ६० हजार २ सय अटोमेटिक रूटबाट आएको छ भने १५ अर्ब ४२ करोड ७७ लाख ५६ हजार ४ सय एप्रुभल रूटबाट आएको विभागले जनाएको छ । 

चालु आर्थिक वर्षको ३ महिनामा लगानी प्रतिबद्धता जनाएकामध्ये १२८ वटा कम्पनीले साना उद्योग क्षेत्रमा, १ वटा कम्पनीले मझौला उद्योगमा र २ वटा कम्पनीले ठूला उद्योगमा लगानी गर्ने भएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १२ : ४५ बजे

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि