दूतावासको आधिकारिक पेजबाट ‘छक्का पञ्जा ५’ को प्रचार « Khabarhub

दूतावासको आधिकारिक पेजबाट ‘छक्का पञ्जा ५’ को प्रचार


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबका लागि नेपाली दूतावास रियादको आधिकारिक फेसबुक पेजबाट नेपाली फिल्म ‘छक्का पञ्जा ५’को प्रचार भएको पाइएको छ ।

दूतावासले बुधबार एक पोस्टमार्फत फिल्म अक्टोबर १७ बाट ५ स्थानमा हलमा फिल्म एकसाथ प्रदर्शन हुने जानकारी दिएको होे । सो पोस्टमा फिल्मबारे थप जानकारी लिन एक व्यक्तिको नम्बरसमेत उपलब्ध गराइएको छ ।

सामाजिक सञ्जालमा दूतावासले फिल्म प्रचारको विरोध भइरहेको छ । आफ्नो जिम्मेवारीभन्दा बाहिर रहेर दूतावास व्यवसायिक फिल्मको प्रचारका लागेकामा कमेन्टमा अधिकांशले असन्तुष्टि पोखेका छन् ।

फेसबुक प्रयोगकर्ता आचार्य प्रेम लेख्छन्, ‘दूतावासको काम के हो ? फिल्म प्रचार गर्ने हो कि श्रमिकको बारेमा आवाज उठाउने हो ? एउटा व्यवसायिक फिल्मको प्रचारमा लाग्नु दुर्भाग्य !’

केहीले भने दूतावासको यो कदमको खिल्ली उडाएका छन् । धिरज गहतराज लेख्छन्, ‘दूतावासको कार्य एकदम राम्रो छ । कति समस्या र अप्ठयारोमा परेका नेपालीको सहयोगमा जुट्ला भनेको त फिल्म प्रचारमा पो लागेछ ।’

अर्का प्रयोगकर्ता मोहन लेख्छन्, ‘अब चलचित्र हेर्न भनेर अनुरोध गर्न मात्र बाँकी थियो है दूतावासले ।’

त्यस्तै, सन्तोष लामिछाने थापा मगरले भने दूतावासलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न सुझाएका छन् । उनले लेखेका छन्, ‘दूतावासको काम साउदीमा दु:ख पाएका श्रमिकको कुरा सुन्ने हो । कुनै व्यक्तिहरुको कम्पनीले बनाएको फिल्म प्रचार गर्ने होइन ।’

फिल्म प्रचारको विषयलाई लिएर केहीले दूतावासको कर्मचारीको चरित्रमा नै प्रश्न उठाएका छन् । आर्थिक चलखेलले स्थान पाएको हुनसक्ने केहीको आरोप छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १ : १९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल