दूतावासको आधिकारिक पेजबाट ‘छक्का पञ्जा ५’ को प्रचार | Khabarhub Khabarhub

दूतावासको आधिकारिक पेजबाट ‘छक्का पञ्जा ५’ को प्रचार


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबका लागि नेपाली दूतावास रियादको आधिकारिक फेसबुक पेजबाट नेपाली फिल्म ‘छक्का पञ्जा ५’को प्रचार भएको पाइएको छ ।

दूतावासले बुधबार एक पोस्टमार्फत फिल्म अक्टोबर १७ बाट ५ स्थानमा हलमा फिल्म एकसाथ प्रदर्शन हुने जानकारी दिएको होे । सो पोस्टमा फिल्मबारे थप जानकारी लिन एक व्यक्तिको नम्बरसमेत उपलब्ध गराइएको छ ।

सामाजिक सञ्जालमा दूतावासले फिल्म प्रचारको विरोध भइरहेको छ । आफ्नो जिम्मेवारीभन्दा बाहिर रहेर दूतावास व्यवसायिक फिल्मको प्रचारका लागेकामा कमेन्टमा अधिकांशले असन्तुष्टि पोखेका छन् ।

फेसबुक प्रयोगकर्ता आचार्य प्रेम लेख्छन्, ‘दूतावासको काम के हो ? फिल्म प्रचार गर्ने हो कि श्रमिकको बारेमा आवाज उठाउने हो ? एउटा व्यवसायिक फिल्मको प्रचारमा लाग्नु दुर्भाग्य !’

केहीले भने दूतावासको यो कदमको खिल्ली उडाएका छन् । धिरज गहतराज लेख्छन्, ‘दूतावासको कार्य एकदम राम्रो छ । कति समस्या र अप्ठयारोमा परेका नेपालीको सहयोगमा जुट्ला भनेको त फिल्म प्रचारमा पो लागेछ ।’

अर्का प्रयोगकर्ता मोहन लेख्छन्, ‘अब चलचित्र हेर्न भनेर अनुरोध गर्न मात्र बाँकी थियो है दूतावासले ।’

त्यस्तै, सन्तोष लामिछाने थापा मगरले भने दूतावासलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न सुझाएका छन् । उनले लेखेका छन्, ‘दूतावासको काम साउदीमा दु:ख पाएका श्रमिकको कुरा सुन्ने हो । कुनै व्यक्तिहरुको कम्पनीले बनाएको फिल्म प्रचार गर्ने होइन ।’

फिल्म प्रचारको विषयलाई लिएर केहीले दूतावासको कर्मचारीको चरित्रमा नै प्रश्न उठाएका छन् । आर्थिक चलखेलले स्थान पाएको हुनसक्ने केहीको आरोप छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १ : १९ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने