भारतमा विषाक्त मदिरा सेवनबाट २० जनाको मृत्यु « Khabarhub

भारतमा विषाक्त मदिरा सेवनबाट २० जनाको मृत्यु


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु भएको छ ।

बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष अनुसन्धान टोली गठन गरिएको बताएका छन् । उनका अनुसार घटनासँग जोडिएका तीन जनालाई पक्राउ गरिएको छभने आठ जनाविरुद्ध जाहेरी दर्ता गरिएको छ । 

मृतकमध्ये एक जनाका आफन्तले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि उनका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन् । 

बिरामीले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि बुधबार साँझ उनीहरूको स्वास्थ्यमा समस्या आएको र अस्पताल ल्याइएको अर्का एक बिरामीका आफन्तले बताए । 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ३ : २९ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब