उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पेश गर्न निर्देशन  « Khabarhub

उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पेश गर्न निर्देशन 


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको आगामी उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिने दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको छ ।

आयोगले बिहीबार आगामी मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको हो । 

निर्वाचन आयोगको असोज ३० मा बसेको बैठकले उपनिर्वाचनमा रिक्त रहेका पदमा उम्मेदवारी दिने दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिने निर्णय गरेको प्रवक्तासमेत रहेका सहसचिव नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ३ : ४३ बजे

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली