उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पेश गर्न निर्देशन  « Khabarhub

उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पेश गर्न निर्देशन 


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको आगामी उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिने दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको छ ।

आयोगले बिहीबार आगामी मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको हो । 

निर्वाचन आयोगको असोज ३० मा बसेको बैठकले उपनिर्वाचनमा रिक्त रहेका पदमा उम्मेदवारी दिने दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिने निर्णय गरेको प्रवक्तासमेत रहेका सहसचिव नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ३ : ४३ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा