उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पेश गर्न निर्देशन  | Khabarhub Khabarhub

उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पेश गर्न निर्देशन 


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं निर्वाचन आयोगले स्थानीय तहको आगामी उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिने दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको छ ।

आयोगले बिहीबार आगामी मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको हो । 

निर्वाचन आयोगको असोज ३० मा बसेको बैठकले उपनिर्वाचनमा रिक्त रहेका पदमा उम्मेदवारी दिने दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिने निर्णय गरेको प्रवक्तासमेत रहेका सहसचिव नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ३ : ४३ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय