ओरालो लाग्यो घरजग्गा कारोबार | Khabarhub Khabarhub

ओरालो लाग्यो घरजग्गा कारोबार


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्षको तेस्रो महिनामा घरजग्गा कारोबारमा गिरावट आएको देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज महिनामा जम्मा ३० हजार ५२७ वटा लिखत पारित भएको हो ।

त्यस्तै, तथ्यांकअनुसार असोज महिनामा २३ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गाको लिखत पारित भएको सङ्ख्या बढी भएको देखिएपनि भदौ र असोज महिनामा भने कमजोर भएको देखिएको छ । 

अघिल्लो आर्थिक वर्षको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६ र असोज महिनामा ३९ हजार ८८१ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

असोज महिनामा सबैभन्दा धेरै सुनसरी इनरुवाको मालपोत कार्यालयबाट ११८५ वटा र सबैभन्दा थोरै ताप्लेजुङको मालपोत कार्यालयबाट २ वटा मात्रै लिखत पारित भएको छ । 

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ४३ हजार ८३५ वटा र भदौ महिनामा ३२ हजार ७९८ वटा लिखत पारित भएको थियो ।

घरजग्गाको कारोबारमा कमी आएसँगै असोजमा सरकारको घरजग्गा कारोबारबाट हुने पुँजीगत लाभकर आम्दानीमा पनि गिरावट आएको छ । असोजमा सरकारले घरजग्गा कारोबारबाट जम्मा १ अर्ब ११ करोड ६२ लाख ७१ हजार ७६९ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गाको कारोबारबाट सरकारले १ अर्ब ३४ करोड ६९ लाख ४८ हजार ८६६ र भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख ६५ हजार ११३ रूपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ५ : ०५ बजे

चितवन प्रहरीले भन्यो-पोखरा लैजाँदा रविलाई दुर्व्यवहार भएको छैन, भ्रम फैल्याइयो

काठमाडौं- जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र

दुर्गा प्रसाइ थप तीन दिन हिरासतमा रहने

काठमाडौं– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप तीन दिन हिरासतमा

प्रचण्डलाई भेटे अमेरिकी मन्त्री लुले, शान्ति प्रक्रिया टुंगिन लागेकोमा खुसी

काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष

सभापति देउवासँँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेट

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य

दमक व्यापारिक कम्प्लेक्स विकासको नयाँ नमुना : प्रधानमन्त्री

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाको दमकस्थित व्यापारिक कम्प्लेक्स