रूसी आक्रमणमा दश सिरियाली नागरिकको मृत्यु « Khabarhub

रूसी आक्रमणमा दश सिरियाली नागरिकको मृत्यु


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु  भएको छ । साथै ३० जना घाइते भएको युद्ध अनुगमन सङ्गठनले जनाएको छ ।

इदलिबको ग्रामीण इलाकामा भएको रूसी हवाई आक्रमणमा इदलिबमा एक जना बच्चासहित दश जनाको मृत्यु भएको र १४ जना बालबालिकासहित ३० जना घाइते भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

रूसले इदलिब सहरको बाहिरी भागमा ‘एउटा आरा मिल, फर्निचर र ओलिभ प्रेसर मा प्रहार गरेको उक्त संस्थाले जनाएको छ ।

सिरियाको नागरिक सुरक्षा बलले आफ्ना टोलीहरूले रूसी हमलामा मारिएका व्यक्तिहरूको शवलाई भग्नावशेषबाट निकालिरहेको जनाएको छ ।

नागरिक सुरक्षा बलका अनुसार बुधबारको आक्रमणले ‘कामदारहरू भित्र रहेको बेला फर्निचरलाई लक्षित गर्दा दश जना सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ३२ जना गम्भीर घाइते भएका थिए ।

सिरियाका राष्ट्रपति बशर अल–असदसँगको सहकार्य गरिरहेको रूसी सेनाले इदलिबमा भएको आक्रमणमा बमबारीबारे कुनै टिप्पणी गरेको छैन ।

इदलिब प्रान्तको आधा र अन्य क्षेत्रहरूमा अल–कायदा समूहको नियन्त्रण रहेको छ । सन् २०२० मार्चमा सिरियाली सरकारको आक्रमणपछि रूस र टर्कीको मध्यस्थतामा यो क्षेत्रमा युद्धविरामको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ५ : १७ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको