सरकारले चालु आर्थिक वर्षमा अनुदान प्राप्त गर्न सकेन, आम्दानीभन्दा खर्च बढी « Khabarhub

सरकारले चालु आर्थिक वर्षमा अनुदान प्राप्त गर्न सकेन, आम्दानीभन्दा खर्च बढी


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा तय गरेको वैदेशिक अनुदान प्राप्तिको लक्ष्य असोज मसान्तसम्म कत्ति पनि प्राप्त गर्न सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ५२ अर्ब २३ करोड २६ लाख ५ हजार बराबरको वैदेशिक अनुदान प्राप्तिको लक्ष्य राखेकोमा असोज मसान्तसम्मको अवधिमा कत्ति पनि अनुदान प्राप्त गर्न नसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

त्यस्तै, तीन महिनाको आम्दानी खर्चको विवरण हेर्दा सरकार आम्दानीको तुलनामा पौने खर्बले बढी खर्चको अवस्थामा रहेको देखिएको छ । महालेखाको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको तीन महिनामा २ खर्ब ५३ अर्ब १ करोड ३३ लाख आम्दानी गरेको छ भने ३ खर्ब २९ अर्ब २० करोड ११ लाख खर्च गरेको छ ।

विवरणअनुसार सरकारले समीक्षा अवधिमा सबैभन्दा धेरै कार्यसञ्चालन खर्च अर्थात् तलब, भत्ता, मसलन्द लगायतमा २ खर्ब २९ अर्ब ८५ करोड २१ लाख, पुँजीगत खर्चमा २९ अर्ब ३७ करोड ४६ लाख र वित्तीय व्यवस्थापनतर्फ ६९ अर्ब ९७ करोड ४४ लाख खर्च गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा सरकारले कर आम्दानी २ खर्ब १९ अर्ब ६८ करोड २९ लाख र गैरकर आम्दानी २८ अर्ब ५७ करोड ५१ लाख आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ५ : ३२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको