सर्‍यो एक्टरको प्रदर्शन मिति « Khabarhub

सर्‍यो एक्टरको प्रदर्शन मिति


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता राजबल्लभ कोइरालाको ‘कम ब्याक’ फिल्मका रुपमा चर्चा कमाएको ‘एक्टर : टेक वान’को प्रदर्शन मिति पछि सरेको छ । निर्माण पक्षले बिहीबार विज्ञप्ति जारी गरी माघ १६ गते नयाँ प्रदर्शन मिति तय गरेको जानकारी दिएको थियो ।

विज्ञप्तिमा निर्माण टोलीका प्राविधिकमा स्वास्थ्य समास्या र प्राविधिक जटिलताका कारण पूर्वानिर्धारित मिति कात्तिक १५ गते फिल्म प्रदर्शनमा ल्याउन नसकेको उल्लेख गरिएको छ ।

निर्माण पक्षले यो निर्णयले वितरक, दर्शकहरू, र अन्य सरोकारवालाहरूमाझ असुविधा पुगेकोमा क्षमासमेत मागेको छ ।

अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको यस फिल्ममा राजबल्लभसहित प्रदीप खड्का, आना, दिव्यासहित दिव्यदेव र उषा रजक लगायतको अभिनय रहेको बताइएको छ ।

यस फिल्मको निर्देशक राजन भुसाल हुन् । स्क्रिप्ट भने आकाश बराल र निर्देशक भुसालले संयुक्त रूपमा लेखेका हुन् ।

हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ६ : ४४ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००