बागमतीका प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण « Khabarhub

बागमतीका प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दुईवटा विधेयक प्रमाणीकरण गर्दै एउटा विधेयक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् ।

प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको असोज ७ गते बसेको बैठकले पारित गरेका दुई वटा विधेयक प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकला स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रमाणीकरण गरेका हुन् । 

त्यस्तै उनले संविधानको धारा १०१ को उपधार ३ अनुसार ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् । यस विधेयक प्रमाणीकरणका लागि प्रदेशसभाको अघिल्लो बैठकले सर्वसम्मतरुपमा पास गर्दै प्रदेश प्रमुख समक्ष पठाएको थियो ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी उक्त विधेयक फिर्ता गरेका हुन् । फिर्ता गरिएको विधेयक सभामा छलफल गरी संसोधनसहित पारित भइ पुनः प्रमाणीकरणको लागि पठाउनु पर्ने संवैधानिक व्यवस्था छ ।

त्यसैगरी प्रमाणीकरण भएको विधेयक प्रदेश राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा लागू हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ७ : ३७ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा