बाढी र पहिरोपीडितलाई नि:शुल्क स्वास्थ्य बीमा « Khabarhub

बाढी र पहिरोपीडितलाई नि:शुल्क स्वास्थ्य बीमा


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का कारण घाइते भएका र मृत्यु भएका व्यक्तिहरूका परिवारका एकजना सदस्यलाई नि:शुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको छ । 

आजको बसेको विपद व्यवस्थापनको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पेश गेरको उक्त प्रस्तावलाई समितिको बैठकले स्वीकृत गरेको हो ।

प्रस्तावस्वीकृत भएसँगै विपदमा परेका परिवारका सदस्यले एक वर्षको निशुल्क बीमाको सेवासुविधा प्राप्त गर्नेछन् ।

बिहीबार बसेको समितिको सो बैठकले यस वर्षको जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा विपदका कारण मृत्यु भएका व्यक्तिहरूका परिवारका एक सदस्यलाई बीमा गर्ने निर्णय गरेको हो । 

उक्त निर्णयसँगै सम्भावित यस्तै प्रकारका विपदका घटनामा सरकारले आगामी दिनमा समेत निशुल्क बीमा गर्ने निर्णय गरेको छ । 

बैठकमा, विपद व्यवस्थापनका लागि विभिन्न पहलहरू र भविष्यका योजनाबारे पनि छलफल गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ७ : ४९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली