कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक « Khabarhub

कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक गरिएको छ । सरकारको गत असोज ६ गते बनाएको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम विहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सार्वजनिक गरिएको हो । यस अघि कार्यदलले आजै मुख्यमन्त्री कार्कीलाई सो न्युनतम साझा कार्यक्रम हस्तान्तरण गरिएको थियो ।

न्युनतम साझा कार्यक्रममा सरकारले पर्यटन क्षेत्रको विकासका लागि छिमेकी देशको मुख्य सहरमा ‘टुरिजम सो’ गर्ने योजना देखि क्यासिनोको विकास, गाँजाको उत्पादन, घरेलु मदिराको ‘ब्राण्डिङ’, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई समेटिएको छ ।

न्युनतम साझा कार्यक्रममा प्रदेशमा भौतिक संरचना विस्तार, विराटनगर र भद्रपुरबाट अन्तरदेशीय उडान तथा ‘माउण्टेन फ्लाइट’ गर्नेलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै खुर्कोट(चतरा, तुम्लिङटार(चतरा र ताप्लेजुङ तमोर दोभान(चतरा जल यातायातको सम्भाव्यता अध्ययन गर्ने, राष्ट्रिय आय र नागरिकको आयमा वृद्धि गर्न व्यवस्थित ढंगले गाँजा खेती उत्पादन गर्न तथा स्थानीयस्तरमा उत्पादन हुने रक्सी ‘ब्राण्डिङ’ गरी दुवै वस्तुलाई मान्यता दिलाउन संघीय सरकारसँग समन्वयात्मक पहल र प्रयत्न गर्ने उल्लेख छ ।

त्यस्तै गर्भवती तथा सुत्केरी महिला र १० वर्षमुनिका बालबालिकाको उपचारलाई प्रभावकारी बनाउने र उपचार निःशुल्क गर्ने विषयलाई विकेन्द्रीकृत गर्दै सेवा विस्तार गर्ने, शैलेजा आचार्य हृदय रोग केन्द्र विराटनगरलाई नयाँ ढंगले सञ्चालन गर्ने, विद्यालय शिक्षालाई उत्पादनसँग जोड्नका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्ने विषय न्युनतम साझा कार्यक्रममा समेटिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यदलले तयार गरेको कार्यक्रमलाई आधार बनाएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारले बनाएको कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ८ : ११ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक