भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गरिने « Khabarhub

भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गरिने


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल थालेको हो ।

भारत सरकारसँग गहुँको आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए । मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादकलगायत व्यवसायीबाट गहुँ, पिठो र मैदा सहजरुपमा आपूर्तिको माग आएपछि गहुँ आयातको पहल थालिएका र यसप्रति भारत सरकार सकारात्मक रहेको उनले बताए ।

मैदा व्यवसायीले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् । व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयले आग्रह गरेको प्रवक्ता अधिकारीले बताए । बजारमा कृतिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भए पनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक सङ्घ सहमत भएको सङ्घका उपाध्यक्ष दिनेश अग्रवालले बताए। नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेकाले उहाँले सरकारलाई सहज गरिदिन आग्रह गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने भएकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहन गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने तथा अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १० : ०२ बजे

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली