आज २०८१ साल मंसिर २ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर २ गते आइतबारको राशिफल


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर २ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर १७ तारिख। द्वितिया तिथि। अन्तर्राष्ट्रिय विद्यार्थी दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आफ्ना मान्छेको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्य लाभ गर्ने दिन छ। राज्यको तर्फबाट भय हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

वृष : तपाईंको मनमा शान्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर मन शान्त पार्न सकिने छ। परिवारको व्यवस्थापन हुन नसक्दा खटपटी बढ्नसक्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ।

मिथुन : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नु राम्रो हुनेछ। परोपकार गर्नेक्रममा राज्यले तपाईंमाथि शंका गर्ने खतरा छ। परिवारसँगै बसेर रमाउने दिन छ।

कर्कट : खराब बोलीले साथी टाढा हुनेछन्। लगानीको तर्फबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। शनिको प्रभावले हरेक कुरामा अवरोध हुनसक्छ। बिहान गणेशको पूजा गरेमा दिन सहज बन्नेछ।

सिंह : दिन सहज छ। लगानीका क्षेत्रमा उत्साह बढ्नेछ। परिवारमा भने खटपटी हुने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। रोगबाट मुक्त हुने दिन छ।

कन्या : दिन राम्रो छ। देशको भन्दा विदेशको रमझमले मन तान्नेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

तुला : आज तपाईंका आफन्त टाढिने जोखिम छ। बोल्दा सचेत बन्नु राम्रो हुनेछ। बन्धुसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा तपाईंका विरोधी सक्रिय छन्। स्वास्थ्यको पर्खाइमा भए सफलता मिल्नेछ।

वृश्चिक : दिन सहज छ। आफन्तले साथ दिनेछन्। आम्दानीको स्रोत बलियो छ। परिवारमा भने सानो कुराले झन्झट आइपर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने डर बढ्नेछ।

धनु : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। परोपकार गर्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विदेशमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथमा दिन बित्नेछ।

मकर : सञ्चित धन खर्च हुनसक्छ। खर्च कटौती गर्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आदेश पालना गर्दा सचेत बन्नुपर्ने दिन छ। साथीले साथ दिनेछन्। व्यापारको सुरुवात गरेको भए प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ।

कुम्भ : शुभग्रहको बहुमत छ। सोचेका काम बन्नेछन्। बिहान शिवको दर्शन गर्नाले दिन सहज बन्नेछ। तपाईंको काममा साथीको साथ मिल्नेछ। पे्रम सम्बन्ध सुमधुर बन्ने योग छ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ।

मीन : साथीभाइबाट असहयोग हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ। प्राविधिको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ। परिवारले संकटमा साथ दिनेछन्।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : १२ बजे

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू