ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास « Khabarhub

ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

युक्रेन – युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि आफ्नो देशमा जारी युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। उनले ट्रम्प विजयी भएपछि फोनवार्ता भएको समेत जनाए। उनले यस विषयमा ट्रम्पसँग भएको टेलिफोन वार्तामा रुसका मागका बारे कुनै कुरा नभएको तथा युक्रेनको वर्तमान पोजिसन धरमराउने कुनै विषयमा कुरा नभएको जनाए।

सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको रुस र युक्रेनको युद्ध तत्काल रोकिनु पर्नेमा ट्रम्पले जोड दिँदै आएका छन्। उनले युक्रेनमा लगातार सैन्य सहयोग गरी रहँदा अमेरिकाको श्रोत समेत खर्च भएको बताएका थिए। उनले निर्वाचन अभियानको क्रममा सो कुरा जोडतोडले उठाएका थिए।

युद्धको सुरुवातदेखि गएको जुन महिनासम्म अमेरिकाले सबैभन्दा धेरै सहयोग गरेको थियो। अमेरिकाले यस बिचमा ५५.५ अर्ब अमेरिकी डलर बराबरको हतियार सहयोग गरेको थियो। तर अमेरिकाका घरेलु मतदाता यस कुरामा असन्तुष्ट रहेको कुरा गएको निर्वाचनमा देखिएको थियो। खासमा रिपब्लिक मतदाता सो युद्धको अन्त्य चाहन्छन्।

तस्बिर : रोयटर्स

निर्वाचन अभियानकै क्रममा ट्रम्पले एक दिनमा युद्ध अन्त्य गर्ने घोषणा गरेका थिए। युक्रेनी सञ्चार माध्यम सूमिन्लेसँगको अन्तरवार्तामा जेलेन्सकीले निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार यो टिम युद्ध रोक्न लाग्ने नै कुरामा कुनै शंका गर्ने ठाउँ नभएको बताएका छन्।

उनले यस वर्ष युद्धको अन्त्य हुनुपर्ने युक्रेनको पनि सोच रहेको बताए। सन् २०२३ मा प्रत्याक्रमण सुरु गरेको युक्रेनले आफ्नो गुमेको भूमिका फिर्ता गर्न गरेको युक्रेनी प्रयास बारम्बार असफल भएको छ। अहिले पूर्वी क्षेत्रमा रुसी सेना हाबी भइरहेको छ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : ३६ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका