चौथो टी-२० मा इंग्ल्याण्डविरुद्ध वेस्ट इन्डिजको जित « Khabarhub

चौथो टी-२० मा इंग्ल्याण्डविरुद्ध वेस्ट इन्डिजको जित


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्याट्सम्यान जमेको चौथो टी-२० खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ५ विकेटले हराएको छ। इंग्ल्याण्डले दिएको २१९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा २२१ रन जोडेको हो।

वेस्ट इन्डिजको जितका लागि प्रारम्भिक जोडी एभिन लेविस र साइ होपले ९ ओभरमा १३६ रनको साझेदारी गरेका थिए। १० औँ ओभरको पहिलो बलमा रेहन अहमदको बलमा लेविस आउट भएपछि सो साझेदारी टुटेको थियो। सो समयमा खेल वेस्ट इन्डिजको पक्षमा पुगिसकेको थियो। लेविसले ३१ बलमा ४ चौका र ७ छक्काको सहयोगमा ६८ रन प्रहार गरे।

त्यसपछिको बलमा अर्का प्रारम्भिक ब्याट्सम्यान साइ होप रन आउट भएका थिए। उनले २४ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५४ रन जोडेका थिए।

अहमदले लगत्तै अर्को बलमा निकोलास पूरणलाई पनि डक आउट गरेका थिए। १० औं ओभरको पहिलो ३ बलमा ३ विकेट लिनुका बाबजुद इंग्ल्याण्ड खेलमा फर्कन भने असमर्थ रह्यो।

कप्तान रोभमान पावेल २३ बलमा ३८ रन प्रहार गर्न सफल भए भने स्टेफन रुथरफोर्डले १७ बलमा २९ रन जोडे।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५ विकेटको क्षतिमा २१८ रन जोडेको थियो। फिल साल्टले ३५ बलमा ५५ रन प्रहार गरे। उनको पारीमा ५ चौका ४ छक्का समावेश थियो। ज्याकोब बेथेल अविजित रहँदै ३२ बलमा ६२ रन जोडे। होप सो खेलको म्यान अफ द म्याच बने।

५ खेलको शृङ्खला यसअघि तेस्रो खेलको समाप्तिमा नै इंग्ल्याण्डले जितिसकेको छ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : १० बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन