नेसन्स कप : विपक्षीको पोस्टमा जर्मनीले गर्‍यो सात गोल « Khabarhub

नेसन्स कप : विपक्षीको पोस्टमा जर्मनीले गर्‍यो सात गोल


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपेली नेसन्स कप अन्तरगत शनिबार भएको भएको समूह ३ को खेलमा जर्मनीले बोस्निया हर्ज गोभिनालाई ७-० ले हराएको छ। नेसन्स कपको ६ वर्षे इतिहासमा ७ गोल गर्ने पहिलो पुरुष टोलीको रूपमा इतिहास कायम गर्न समेत जर्मनी सफल भएको छ।

दोस्रो मिनेटमा नै जमाल मुसियलाको हेड गोलमा जर्मनीले अग्रता लिएको थियो। टिम क्लिन्डेस्डेन्टले दोस्रो गोल गरेको खेलमा फ्लोरियन विट्जसँग समन्वय मिलाउँदै हाभरटेजले तेस्रो गोल गरे।

दोस्रो हाफको सातौँ मिनेटमा विट्जले २५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरे। वैकल्पिक खेलाडी लियारे सानेले थप एक गोल गरे। क्लिन्डेस्डेन्टले अन्तिम गोल गरे।

त्यसैगरी नेसन्स कपको समूह ३ को अर्को खेलमा नेदरल्यान्ड्सले हंगेरीलाई ४-० ले हरायो। समूह १ को खेलमा अजरबैजान र इस्टोनियाको खेल गोलरहित बराबरीमा सकियो। जर्जिया र युक्रेन बिच पनि १-१ गोलको बराबरी भयो। अल्बानिया र चेक गणतन्त्रलेसमेत गोलरहित बराबरी खेले भने स्विडेनले स्लोभाकियालाई २-१ ले हरायो।

समूह २ मा मोल्डोभाले एन्डोराले १-० ले हरायो। समूह ४ को खेलमा आइसल्यान्डले मोन्टेनेग्रोलाई २-० ले हरायो। यसैगरी वेल्स र टर्की बिच गोलरहित बराबरी भयो।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : १० बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा