नेसन्स कप : विपक्षीको पोस्टमा जर्मनीले गर्‍यो सात गोल « Khabarhub

नेसन्स कप : विपक्षीको पोस्टमा जर्मनीले गर्‍यो सात गोल


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपेली नेसन्स कप अन्तरगत शनिबार भएको भएको समूह ३ को खेलमा जर्मनीले बोस्निया हर्ज गोभिनालाई ७-० ले हराएको छ। नेसन्स कपको ६ वर्षे इतिहासमा ७ गोल गर्ने पहिलो पुरुष टोलीको रूपमा इतिहास कायम गर्न समेत जर्मनी सफल भएको छ।

दोस्रो मिनेटमा नै जमाल मुसियलाको हेड गोलमा जर्मनीले अग्रता लिएको थियो। टिम क्लिन्डेस्डेन्टले दोस्रो गोल गरेको खेलमा फ्लोरियन विट्जसँग समन्वय मिलाउँदै हाभरटेजले तेस्रो गोल गरे।

दोस्रो हाफको सातौँ मिनेटमा विट्जले २५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरे। वैकल्पिक खेलाडी लियारे सानेले थप एक गोल गरे। क्लिन्डेस्डेन्टले अन्तिम गोल गरे।

त्यसैगरी नेसन्स कपको समूह ३ को अर्को खेलमा नेदरल्यान्ड्सले हंगेरीलाई ४-० ले हरायो। समूह १ को खेलमा अजरबैजान र इस्टोनियाको खेल गोलरहित बराबरीमा सकियो। जर्जिया र युक्रेन बिच पनि १-१ गोलको बराबरी भयो। अल्बानिया र चेक गणतन्त्रलेसमेत गोलरहित बराबरी खेले भने स्विडेनले स्लोभाकियालाई २-१ ले हरायो।

समूह २ मा मोल्डोभाले एन्डोराले १-० ले हरायो। समूह ४ को खेलमा आइसल्यान्डले मोन्टेनेग्रोलाई २-० ले हरायो। यसैगरी वेल्स र टर्की बिच गोलरहित बराबरी भयो।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : १० बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको