लाग्यो उपनिर्वाचन : कीर्तिपुर नगरपालिकामा धमाधम उम्मेदवारी « Khabarhub

लाग्यो उपनिर्वाचन : कीर्तिपुर नगरपालिकामा धमाधम उम्मेदवारी


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि धमाधम उम्मेदवारी दर्ता भइरहेको छ।

काठमाडौंको कीर्तपुर नगरपालिकामा सबैभन्दा पहिले साना दलहरूको उम्मेदवारी परेको छ ।

नगरपालिकाको मेयरका लागि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी नयाँ शक्तिका दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरि नारायणमान बिजुक्छें नेतृत्वको नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले पनि उम्मेदवारी दिएका छन् ।

त्यसैगरी वडा नम्बर ४ को अध्यक्षका लागि महेश्वर सुवेदीले उम्मेवारी दिएका छन् । वडा नम्बर १ का लागि कृष्णप्रसाद महर्जनको उम्मेदवारी परेको छ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मनोनयन दर्ता गराएको छ । राप्रपाबाट मेयरमा ध्रुव मर्जहनले उम्मेदवारी दिएका छन् । राप्रपाबाट वडा नं. ४ मा विजय बस्नेत र वडा नम्बर १ मा सुरेन्द्र प्रसाद उप्रेती को उम्मेदवारी परेको छ।

त्यसैगरी कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धले मनोनयन दर्ता गराएका छन् ।

एमालेबाट वडा १ को अध्यक्षका लागि हर्ष महर्जन र वडा ४ को अध्यक्षका लागि बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ०२ बजे

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित