मंसिरमा कति छन् विवाहका लगन ? | Khabarhub Khabarhub

मंसिरमा कति छन् विवाहका लगन ?


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– याे मंसिरको महिना हाे । यो महिना आउने बित्तिकै धेरैको मनमा आउने एउटा कुरा हो– विवाहको लगन ।

मंसिरमा विशेष गरी विवाहका लगन हुने गर्छन् । विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला ।

तर यसपाली यो महिनाले धेरैको मनमा  निराशा छाइदिएको छ । कारण यो मंसिरमा एक मात्रै विवाहको लगन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

याे वर्षैभरी जम्मा विवाहको लगन १७ दिन मात्रै परेका थिए । विवाहको महिना मानिने मंसिरमा भने एक दिन मात्रै साइत परेको छ । सबै भन्दा धेरै त यसपाली फागुन महिनामा परेको छ ।

यो महिनामा ८ गते मात्रै विवाहमूहूर्त छ । मंसिर ८ गतेसम्म विवाह गर्न नभ्याउनेले लगान जुराएर बिहे गर्ने हो भने २ महिनासम्म कुर्नुपर्ने हुन्छ । किनकि माघमा दुई दिन मात्रै विवाहको लागि साइत परेको छ । माघ ४ र २५ गते विवाह गर्नको लागि साइत जुर्छ ।

यस्तै, सबैभन्दा धेरै लगन फागुन महिनामा परेको छ । फागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते गरी ८ दिन लगन जुरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ०२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता