रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो « Khabarhub

रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न उपनिर्वाचनका क्रममा आफ्ना उम्मेदवारहरूलाई ठाउँ ठाउँमा धम्की आइरहेको जनाएको छ ।

रास्वपा सांसद तथा केन्द्रीय उपनिर्वाचन निर्वाचन परिचालन समिति सभापति गणेश पराजुलीले ठाउँ ठाउँमा उम्मेदवारहरूलाई धम्की आएको दाबी गरेका छन् ।

मंसिर १६ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा ४४ वटा क्षेत्रमध्ये केही स्थानमा रास्वपाले उम्मेदवारी नदिने खबर आएको छ। कीर्तिपुरसहितका स्थानमै उम्मेदवारी नदिने खबर आएपछिप खबरहबसँगको कुराकानीमा पराजुलीले यसबारे निर्णय दिउँसो ३ बजेको पत्रकार सम्मेलनमा थाहा हुने बताए ।

‘देशभर हाम्रा उम्मेदवारलाई केही व्यक्तिले धम्की दिइरहेका छन् । हामीले यसबारे पत्रकार सम्मेलन गर्दै छौँ’, पराजुलीले भने, ‘अपहरणको शैलीमा हाम्रा उम्मेदवारलाई लुकाउने काम पनि भएको छ । यसको हामी भण्डाफोर गर्छौँ ।’

रास्वपाका कार्यवाहक महामन्त्री बुर्लाकोटीले पनि विज्ञप्ति निकालेर उम्मेदवारी नदिन धम्क्याइएको गुनासो गरेका छन् ।

उनका अनुसार हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दिन तयार सुजता थापालाई मनोनयनमा जाने तयारी गरिरहेका बेला शनिबार मंसिर १ गते दिउँसो करिब १ बजे ४०/५० जनाको समूहले घरमै आएर धक्की दिएका थिए ।

थापा र उनका श्रीमान् बल थापालाई करिब ४०-४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञातस्थलतर्फ लिएर गएपछि गाउँमा खैलाबैला भएको बुर्लाकोटीले दाबी गरे ।

‘यो कुरा थाहा भएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइयो’, उनले भने, ‘प्रजिअलाई यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताउनुभएको थियो ।’

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : २७ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब