रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो | Khabarhub Khabarhub

रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न उपनिर्वाचनका क्रममा आफ्ना उम्मेदवारहरूलाई ठाउँ ठाउँमा धम्की आइरहेको जनाएको छ ।

रास्वपा सांसद तथा केन्द्रीय उपनिर्वाचन निर्वाचन परिचालन समिति सभापति गणेश पराजुलीले ठाउँ ठाउँमा उम्मेदवारहरूलाई धम्की आएको दाबी गरेका छन् ।

मंसिर १६ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा ४४ वटा क्षेत्रमध्ये केही स्थानमा रास्वपाले उम्मेदवारी नदिने खबर आएको छ। कीर्तिपुरसहितका स्थानमै उम्मेदवारी नदिने खबर आएपछिप खबरहबसँगको कुराकानीमा पराजुलीले यसबारे निर्णय दिउँसो ३ बजेको पत्रकार सम्मेलनमा थाहा हुने बताए ।

‘देशभर हाम्रा उम्मेदवारलाई केही व्यक्तिले धम्की दिइरहेका छन् । हामीले यसबारे पत्रकार सम्मेलन गर्दै छौँ’, पराजुलीले भने, ‘अपहरणको शैलीमा हाम्रा उम्मेदवारलाई लुकाउने काम पनि भएको छ । यसको हामी भण्डाफोर गर्छौँ ।’

रास्वपाका कार्यवाहक महामन्त्री बुर्लाकोटीले पनि विज्ञप्ति निकालेर उम्मेदवारी नदिन धम्क्याइएको गुनासो गरेका छन् ।

उनका अनुसार हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दिन तयार सुजता थापालाई मनोनयनमा जाने तयारी गरिरहेका बेला शनिबार मंसिर १ गते दिउँसो करिब १ बजे ४०/५० जनाको समूहले घरमै आएर धक्की दिएका थिए ।

थापा र उनका श्रीमान् बल थापालाई करिब ४०-४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञातस्थलतर्फ लिएर गएपछि गाउँमा खैलाबैला भएको बुर्लाकोटीले दाबी गरे ।

‘यो कुरा थाहा भएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइयो’, उनले भने, ‘प्रजिअलाई यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताउनुभएको थियो ।’

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : २७ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून