उपनिर्वाचनको मनोनयन : ठूला दल जुलुससहित, साना र स्वतन्त्र एक्लै (तस्बिरहरू) « Khabarhub

उपनिर्वाचनको मनोनयन : ठूला दल जुलुससहित, साना र स्वतन्त्र एक्लै (तस्बिरहरू)


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि आइतबार देशका ४४ वटै स्थानमा मनोनयन हुँदैछ ।

काठमाडौं उपत्यकाभित्र कीर्तिपुर नगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

उम्मेदवारी दर्ताका क्रममा साना-ठूला दलदेखि स्वतन्त्र उम्मेदवारहरूको पनि उम्मेदवारी परेको छ ।

ठूला दलले मनोनयनमा जाने क्रममा उम्मेदवारलाई खादा र मालासहित जुलुस पनि निकालेका छन् ।

उनीहरूले त्यसक्रममा आफ्नै उम्मेदवारले जित्ने दाबी गरेका छन् । कीर्तिपुरमा कांग्रेसबाट निर्वाचित मेयरको निधनपछि उपनिर्वाचन हुँदैछ ।

त्यहाँका वडा नम्बर १ र ४ मा पनि उपनिर्वाचन हुँदैछ । त्यसका लागि जसपा नेपालले तेस्रो लिङ्गीलाई मैदानमा उतारेको छ । कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : २० बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको