५ अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार  « Khabarhub

५ अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार 


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आइतबार ४.९८ अंकले नेप्से बढेर २७५३.७६ विन्दुमा पुगेको छ ।

नेप्से झिनो अंकले बढ्दा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर कारोबार भएको छ ।

आज १४५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३२६ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १३ हजार २५२ पटक शेयर किनबेच भएको छ ।

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज १३ वटा समूहमध्ये ४ वटा समूह घटेको छ भने बाँकी ९ वटा समूह बढेको छ ।  सबैभन्दा बढी होटल एण्ड पर्यटन २.२१ प्रतिशतले बढेर ७ हजार ७२.०६ विन्दुमा पुगेको छ ।

त्यस्तै, विकास बैंक ०.६२ प्रतिशतले, हाइड्रोपावर ०.८५ प्रतिशतले, लगानी ०.१७ प्रतिशतले, जीवन बीमा ०.२१ प्रतिशतले, लघुवित्त १.२८ प्रतिशतले, म्युचुलअ फण्ड ०.२९ प्रतिशतले, अन्य समूह ०.११ प्रतिशतले र ट्रेडिङ समूह ०.२४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी फाइनान्स समूह १.६३ प्रतिशतले घटेर ३ हजार ७००.३१ विन्दुमा पुगेको छ ।

साथै, विकास बैंक ०.२१ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.१३ प्रतिशतले र निजीवन बीमा ०.६९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : १३ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं