नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण | Khabarhub Khabarhub

नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण

चालु आर्थिक वर्षमा ११ अर्ब बढी लगानी प्रतिबद्धता


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण देखिएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा आएको कुल लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा देखिएको हो ।

विभागको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार ४ सय रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये सबैभन्दा धेरै ७२ प्रतिशत लगानी पर्यटन उद्योगको क्षेत्रमा आएको छ ।

त्यस्तै, लगानी प्रतिबद्धताको आधारमा सेवा क्षेत्रमा १३ प्रतिशत र उत्पादन क्षेत्रमा ८ प्रतिशत रहेको देखिन्छ ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालका विभिन्न १५४ वटा कम्पनीले नेपालमा लगानी प्रतिबद्धता जनाएका छन् । जसमध्ये १५१ वटा कम्पनीले साना उद्योग, १ वटा कम्पनीले मझौला उद्योग र २ वटा कम्पनीको ठूला उद्योगमा लगानी प्रतिबद्धता रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा २५ वटा विभिन्न कम्पनीको १ अर्ब १३ करोड ६१ लाख १५ हजार ८५० रुपैयाँ बराबरको शेयर खरिद सम्झौता भएको छ भने १३ वटा कम्पनीले प्रविधि हस्तान्तरण सम्झौता गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : ३६ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि