अस्ट्रेलियाको सिड्नीमा मंसिर ८ गते नेपाल महोत्सव गरिँदै « Khabarhub

अस्ट्रेलियाको सिड्नीमा मंसिर ८ गते नेपाल महोत्सव गरिँदै


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिड्नी – आगामी मंसिर ८ गते सिड्नीमा अष्ट्रेलियाको नेपाल महोत्सव हुने भएको छ। प्रत्येक २ वर्षमा आयोजना हुने महोत्सव यसपालि सिड्नीको डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुँदैछ।

नेपाली कला संस्कृति रितिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्‍भाव एकता र भाइचार बढाउन महोत्सव गर्न लागिएको आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिए।

करिब पचास हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी ६ महिना अगाडिबाट भइरहेको छ ।

नेपाल र नेपाली परम्परा, संस्कृति, भेषभूषा र खानालाई बाहिरी मुलुक र समाजसँग परिचित गराउने मुख्य अभियान अन्ततः फलदायी हुँदै आएको छ ।

‘यो फेस्टिबल एउटा देश चिनाउने अवसर पनि हो। यसले नेपाली समाजलाई एकसूत्रमा बाँध्ने काम गर्नुको साथै बहुसांस्कृतिक समुदायलाई पनि नेपाली समाजसँग चिरपरिचत गराउन मद्दत गर्छ’, संयोजक कुँवरले भने ।

‘यसपालिको महोत्सवमा अष्ट्रेलियामा बढ्दो पछिल्लो पुस्ता अर्थात यहाँ जन्मेका नेपाली बाबु नानीहरूलाई नेपाल चिनाउने र एकदिन भए पनि नेपाली पोशाकमा सजिएर नेपाली झण्डा बोक्दै ‘म नेपाली हो’ भनेर चिन्ने मौका पाउँछन्’, उनले भने।

अष्ट्रेलियाको उच्च राजनीतिक तहमा नेपाली समुदायको उपस्थिति प्रदर्शन गर्ने यो एउटा गतिलो अवसरसमेत रहेको उनले बताए।

‘अजि फेडेरेबलदेखि स्टेट पोलिटिसियनका विभिन्न तहका व्यक्तिलाई हाम्रो समुदायको क्षमता देखाउने फोरमसमेत हो’, उनले भने, ‘महोत्सवमा स्थानीय अजीहरू आएर नेपालको अवलोकन गर्ने र अझै नेपालप्रति जान्ने उत्सुकता जनाउनेछन्।’

यसपटकको महोत्सवस्थल तोमलोङ पार्कमा १४ वटा खाद्य स्टल छन्। त्यसैगरि सँगैको चाइनिज गाडर्नेनमा थप ३५ वटा स्टलमा नेपाली समुदायका गतिविधि, व्यापारिक उत्पादन, शैक्षिक परामर्श, टिपिकल नेपाली खाना (ढिडो, गुन्द्रुक, मःमः सेलरोटीलगायत अन्य नेपाली खाना), नेपाली हस्तकलासम्बन्धी सामान प्रदर्शन गरिनेछ। यसपालि बागमती हस्तकलाले विशेष ह्याण्डीक्राफ्ट प्रदर्शनी गर्दैछ ।

‘नेपालमा हुने सबै जात्रा र पर्वलाई एकै ठाउँमा हेर्न पाइने गरी नेपाल हाउसको परिकल्पना गरिएको हो। नेपाल हाउस भित्र अस्ट्रेलियामा हुर्केको नयाँ पुस्ता मात्र होइन, नेपालमा कक्षा १२ सकेर आएका कतिपय युवाका लागि पनि नौलो हुने सामग्री प्रदर्शनीमा राखिने छ’, संयोजक कुँवरले भने, ‘नेपाल हाउसमा नेपालका महत्वपूर्ण सम्पदा पशुपति, धरहरा, लुम्बिनी, स्वयम्भूदेखि कुमारी र लाखेसम्म प्रदर्शनमा राखिनेछन्। नेपाली परम्परागत बाजादेखि विभिन्न सांस्कृतिक भेसभूषालगायतका डमीहरूको प्रदर्शनसमेत हुनेछ।’

कार्यक्रम सुरू हुनुअगाडि विशेष परेड र झाँकीमार्फत धेरैभन्दा धेरै जातजातिको मौलिक पोशाकमा बाजा गाजासहित शान्ति पद यात्रा गरिनेछ।

विभिन्न भाषा, संस्कृतिका नृत्य प्रदर्शन गरिने आयोजकले जनाएको छ । यसपालि नेपालबाट पशुपति शर्मा, द एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माको प्रस्तुति रहने बताइएको छ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : ५० बजे

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना

नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको