पूर्वसभामुख दमननाथ ढुंगानाको निधन « Khabarhub

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा उनको आइतबार दिउँसो ८३ वर्षको उमेरमा निधन भएको हो ।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । ढुङ्गानाको सोमबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

ढुङ्गानाको निधनपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत फ्रन्टलाइन अस्पताल पुगे ।

त्यसक्रममा प्रतिनिधिसभाकी उपसभामुख रानाले ढुङ्गानालाई आफूले अभिभावको रुपमा लिएको बताइन् । उनको निधनबाट निकै दुख लागेको उनलेबताइन् ।

त्यस्तै बार अध्यक्ष घिमिरेले दमननाथ ढुङ्गानाले नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका निकै स्मरणीय रहेको बताए । ढुङ्गाना निष्ठामा बाच्ने आदर्श व्यक्तित्व भएको उनले बताए।

वि.सं. २०४८ सालमा काठमाडौँ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए ।

उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : ५५ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई