पूर्वसभामुख दमननाथ ढुंगानाको निधन « Khabarhub

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा उनको आइतबार दिउँसो ८३ वर्षको उमेरमा निधन भएको हो ।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । ढुङ्गानाको सोमबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

ढुङ्गानाको निधनपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत फ्रन्टलाइन अस्पताल पुगे ।

त्यसक्रममा प्रतिनिधिसभाकी उपसभामुख रानाले ढुङ्गानालाई आफूले अभिभावको रुपमा लिएको बताइन् । उनको निधनबाट निकै दुख लागेको उनलेबताइन् ।

त्यस्तै बार अध्यक्ष घिमिरेले दमननाथ ढुङ्गानाले नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका निकै स्मरणीय रहेको बताए । ढुङ्गाना निष्ठामा बाच्ने आदर्श व्यक्तित्व भएको उनले बताए।

वि.सं. २०४८ सालमा काठमाडौँ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए ।

उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : ५५ बजे

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका