सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान « Khabarhub

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँस्थित सिटी सेन्टरले दसैँतिहारमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ ।

शनिबार आयोजित समारोहका बीच सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।

१३ असोजदेखि ३० कात्तिक ३० सम्म सञ्चालन गरिएको सो सेलिब्रेसनअन्तर्गतको बम्पर उपहार भक्तपुरका कल्याण थापाले जितेका छन् ।

सेलिब्रेसनअन्तर्गत दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने १ जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर जित्ने मौका दिएको थियो । सेन्टरमा सपिङ गरी भौचर ३६४५ प्राप्त गर्ने थापाले सो बम्पर उपहार जितेका हुन् ।

थापालाई सिजी मोटर्स प्रालिका नेसनल सेल्स म्यानेजर सूर्यप्रसाद ओझा र सिटी सेन्टरका प्रमुख कार्यकारी अधिकृत आदित्य कुमारले संयुक्त रूपमा स्कुटरको चाबी हस्तान्तरण गरे ।

यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४० जनालाई टेक्नो स्मार्टफोन, अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, एभरेस्ट ब्रान्डका साइकल वितरण गरिएको छ ।

सिटी सेन्टरका सबै पसल तथा आउटलेटमा कम्तीमा १ हजार रुपैयाँ वा सोभन्दा बढीको सपिङ गर्नेहरूलाई फेस्टिभ सेलिब्रेसनमा सहभागी गराइएको थियो । सपिङका क्रममा उपलब्ध गराइएका सबै भौचरमध्येबाट गोलाप्रथा गरी विजेता चयन गरिएको हो ।

सेलिब्रेसन अवधिमा सिटी सेन्टरमा करिब २ लाख उपभोक्ता पुगेकामा २२ हजारभन्दा बढीले १ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसनमा सहभागिता जनाएका थिए ।

बम्पर उपहार विजेता थापालाई चाबी हस्तान्तरण गर्दै सिजी मोटर्सका ओझाले ब्रान्ड प्रवद्र्धनमा सिटी सेन्टरसँग गरिएको सहकार्य फलदायी भएको बताए ।

यस्तै, सिटी सेन्टरका प्रमुख कार्यकारी आदित्यले उपभोक्तालाई सबै वस्तु तथा सेवा एकै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउन तथा सिटी सेन्टरको व्यापार प्रवद्र्धनका लागि पहिलो पटक फस्टिभ सेलिब्रेसन सञ्चालन गरिएको बताए ।

आगामी वर्षहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै जाने योजना रहेको उनले जानकारी दिए ।

काठमाडौंको कमलादीमा रहेको सिटी सेन्टरमा सिनेमा हल, रेस्टुरेन्ट, फुड कोर्ट, गेम जोन, २० वटाभन्दा बढी मल्टिनेसनल ब्रान्ड, इलेक्ट्रोनिक्स तथा मोबाइल आउटलेट, कपडालगायतका ७० वटाभन्दा बढी पसल छन् ।

डबल बेसमेन्ट पार्किङ भएको सिटी सेन्टरले गुणस्तरीय उत्पादनको बिक्री वितरणलाई प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : १७ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका