सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान « Khabarhub

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँस्थित सिटी सेन्टरले दसैँतिहारमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ ।

शनिबार आयोजित समारोहका बीच सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।

१३ असोजदेखि ३० कात्तिक ३० सम्म सञ्चालन गरिएको सो सेलिब्रेसनअन्तर्गतको बम्पर उपहार भक्तपुरका कल्याण थापाले जितेका छन् ।

सेलिब्रेसनअन्तर्गत दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने १ जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर जित्ने मौका दिएको थियो । सेन्टरमा सपिङ गरी भौचर ३६४५ प्राप्त गर्ने थापाले सो बम्पर उपहार जितेका हुन् ।

थापालाई सिजी मोटर्स प्रालिका नेसनल सेल्स म्यानेजर सूर्यप्रसाद ओझा र सिटी सेन्टरका प्रमुख कार्यकारी अधिकृत आदित्य कुमारले संयुक्त रूपमा स्कुटरको चाबी हस्तान्तरण गरे ।

यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४० जनालाई टेक्नो स्मार्टफोन, अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, एभरेस्ट ब्रान्डका साइकल वितरण गरिएको छ ।

सिटी सेन्टरका सबै पसल तथा आउटलेटमा कम्तीमा १ हजार रुपैयाँ वा सोभन्दा बढीको सपिङ गर्नेहरूलाई फेस्टिभ सेलिब्रेसनमा सहभागी गराइएको थियो । सपिङका क्रममा उपलब्ध गराइएका सबै भौचरमध्येबाट गोलाप्रथा गरी विजेता चयन गरिएको हो ।

सेलिब्रेसन अवधिमा सिटी सेन्टरमा करिब २ लाख उपभोक्ता पुगेकामा २२ हजारभन्दा बढीले १ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसनमा सहभागिता जनाएका थिए ।

बम्पर उपहार विजेता थापालाई चाबी हस्तान्तरण गर्दै सिजी मोटर्सका ओझाले ब्रान्ड प्रवद्र्धनमा सिटी सेन्टरसँग गरिएको सहकार्य फलदायी भएको बताए ।

यस्तै, सिटी सेन्टरका प्रमुख कार्यकारी आदित्यले उपभोक्तालाई सबै वस्तु तथा सेवा एकै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउन तथा सिटी सेन्टरको व्यापार प्रवद्र्धनका लागि पहिलो पटक फस्टिभ सेलिब्रेसन सञ्चालन गरिएको बताए ।

आगामी वर्षहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै जाने योजना रहेको उनले जानकारी दिए ।

काठमाडौंको कमलादीमा रहेको सिटी सेन्टरमा सिनेमा हल, रेस्टुरेन्ट, फुड कोर्ट, गेम जोन, २० वटाभन्दा बढी मल्टिनेसनल ब्रान्ड, इलेक्ट्रोनिक्स तथा मोबाइल आउटलेट, कपडालगायतका ७० वटाभन्दा बढी पसल छन् ।

डबल बेसमेन्ट पार्किङ भएको सिटी सेन्टरले गुणस्तरीय उत्पादनको बिक्री वितरणलाई प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : १७ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को