रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन थाल्ने « Khabarhub

रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन थाल्ने


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीलेले सभापति रवि लामिछानेलाई पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने बताएका छन् ।

उनले आइतबार दिउँसो पार्टी कार्यालय चमतीमा भएको पत्रकार सम्मेलनमा बोल्दै मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारीबारे साँझ ५ बजे सूची सार्वजनिक गर्ने बताए ।

‘उपनिर्वाचनसम्बन्धी सूची ५ बजे सार्वजनिक गर्छौँ । आगामी ८ गतेदेखि रास्वपाको दोस्रो चरणको आन्दोलन सुरु हुन्छ’, उनले भने, ‘हामी अझै व्यापक आन्दोलन अगाडि बढाउँछौँ ।’

उनले रास्वपाका सांसदहरूविरुद्ध दायर मुद्दाबारे पनि आफूहरूलाई जनकारी रहेकाले न्याय प्रणालीमाथि पुरै विश्वास गर्ने बताए ।

रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरिएको थियो । उनलाई सहकारी संस्थाको बचत हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका मुद्दामा कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : २५ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी