रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन थाल्ने « Khabarhub

रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन थाल्ने


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीलेले सभापति रवि लामिछानेलाई पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने बताएका छन् ।

उनले आइतबार दिउँसो पार्टी कार्यालय चमतीमा भएको पत्रकार सम्मेलनमा बोल्दै मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारीबारे साँझ ५ बजे सूची सार्वजनिक गर्ने बताए ।

‘उपनिर्वाचनसम्बन्धी सूची ५ बजे सार्वजनिक गर्छौँ । आगामी ८ गतेदेखि रास्वपाको दोस्रो चरणको आन्दोलन सुरु हुन्छ’, उनले भने, ‘हामी अझै व्यापक आन्दोलन अगाडि बढाउँछौँ ।’

उनले रास्वपाका सांसदहरूविरुद्ध दायर मुद्दाबारे पनि आफूहरूलाई जनकारी रहेकाले न्याय प्रणालीमाथि पुरै विश्वास गर्ने बताए ।

रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरिएको थियो । उनलाई सहकारी संस्थाको बचत हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका मुद्दामा कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : २५ बजे

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला