कीर्तिपुरकी कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षको तोडफोड | Khabarhub Khabarhub

कीर्तिपुरकी कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षको तोडफोड


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यको कार्यकक्षमा एकजना वडाध्यक्षले तोडफोड गरेका छन् ।

वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयरको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

कार्यवाहक मेयर शाक्य र वडाध्यक्षहरूबीच सचिवालयमा छलफल भइरहेका बेला वडाध्यक्ष महर्जनले तोडफोड गरेका हुन् ।

वडाध्यक्ष महर्जनले प्रमुख प्रशासकीय अधिकृतसँग भेट्न खोज्दा समय नदिएको भन्दै टेबलमा प्रहार गरेका थिए । वडाध्यक्ष महर्जनले टेबलमा प्रहार हान्दा सिसा फुटेर छरिएको छ ।

कार्यवाहक मेयर शाक्यले पनि वडाध्यक्षले तोडफोड गरेको जानकारी दिएकी छन् ।

मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छन् । मेयर पदका लागि मंसिर १६ गते मतदान हने तालिका छ ।

त्यसका लागि आइतबार उम्मेदवारी मनोनयन भइसकेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ११ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना