रवि र साझेदार छविविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी « Khabarhub

रवि र साझेदार छविविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको प्रकरणमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारी गरेका हुन् ।

रविसँगै उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतले पक्रा पुर्जी जारी गरेको छ ।

यससँगै २९ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका रविलाई अब जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाएर अनुसन्धान र बयान गराउने बाटो खुलेको छ ।

यसअघि लामिछानेविरुद्ध कास्की र रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको थियो। उनलाई कास्कीबाट रुपन्देही लगेर तीन दिनसम्म बयान लिइएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ४४ बजे

जेन-जी आन्दोलन : ओली, लेखक र खापुङलाई १० वर्षसम्म कैद गर्न आयोगको सिफारिस

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना