रवि र साझेदार छविविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी | Khabarhub Khabarhub

रवि र साझेदार छविविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको प्रकरणमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारी गरेका हुन् ।

रविसँगै उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतले पक्रा पुर्जी जारी गरेको छ ।

यससँगै २९ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका रविलाई अब जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाएर अनुसन्धान र बयान गराउने बाटो खुलेको छ ।

यसअघि लामिछानेविरुद्ध कास्की र रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको थियो। उनलाई कास्कीबाट रुपन्देही लगेर तीन दिनसम्म बयान लिइएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ४४ बजे

मेस्सीले गरे इन्टर मियामीसँग तीन वर्ष लामो नयाँ सम्झौता, बार्सिलोनामा फर्किने सम्भावना सकियो

मियामी- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग सन्

शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि