परिवार नियोजन सङ्घको अध्यक्षमा डा.श्रेष्ठ निर्वाचित « Khabarhub

परिवार नियोजन सङ्घको अध्यक्षमा डा.श्रेष्ठ निर्वाचित


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा चितवनका डा राजेन्द्रबहादुर श्रेष्ठ विजयी भएका छन्  । बागलुङ बजारमा सम्पन्न ४२औँ केन्द्रीय सभामा अध्यक्ष पदमा चार जना प्रतिस्पर्धा रहेका थिए । अधिवेशनमा देशभरका २७ शाखाका प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।

निर्वाचनको मत परिणामअनुसार डा राजेन्द्रबहादुर श्रेष्ठ र निरन्जनप्रसाद श्रेष्ठले बराबर मत प्राप्त गरेका थिए  । श्रेष्ठ गोलाप्रथाबाट चयन भएका हुन् । दुवै जनाले १०/१० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिए । अध्यक्षका अन्य प्रत्याशी मनोजप्रसाद उप्रेतीले पाँच र डा किरण रेग्मीले दुई मत प्राप्त गरेका थिए ।

यस्तै, कोषाध्यक्षमा निर्माणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धी जनकराज जोशीलाई दुई मतले हराउँदै श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १२ मत प्राप्त गर्दा प्रतिस्पर्धी जोशीले १० र सुरेन्द्र बस्नेतले पाँच मत मात्र प्राप्त गरेका थिए  ।

यस्तै, महिला सदस्यमा कमला सापकोटा र राधिका गुरुङ निर्वाचित भएका निर्वाचन अधिकृत गौतमले जानकारी दिए । दुई पदमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचित सदस्य द्वयमध्ये  सापकोटाले २० र  गुरुङले १६ मत प्राप्त गरेकी थिइन् भने प्रतिस्पर्धी नितु बस्नेतले १४ मत प्राप्त गरिन् ।

गौतमका अनुसार सङ्घको नेतृत्वका लागि विधानअनुसार अध्यक्ष, कोषाध्यक्ष, महिला सदस्य, युवा सदस्य र विशेषज्ञ सदस्य गरी नौ पदमा निर्वाचन सम्पन्न भएको थियो ।

जसमध्ये युवा सदस्यमा प्रमिला खड्का र विशेषज्ञ सदस्य पदमा भागरथी भट्ट निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै, विशेषज्ञतर्फ यौनिक अल्पसङ्ख्याक वा अपाङ्गता भएकाबाट सजिया श्रेष्ठ, कानुनबाट चन्द्रमाया श्रेष्ठ, अर्थबाट गजेन्द्रदेव लेखक र यौन तथा प्रजनन विशेषज्ञबाट दिनेशमान सिंह प्रधान निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : ४१ बजे

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न